थप समाचारबुधबार, माघ १४, २०७१

गरिब घरपरिवार पहिचानको क्रम अन्तिम चरणमा

हिमालखबर

सरकारले वितरणको तयारी गरेको गरिब घरपरिवार परिचयपत्रका लागि पहिचानको क्रम अन्तिम चरणमा पुगेको छ ।

गरिबीको रेखामुनि रहेका २५ जिल्लाका गरिब घरपरिवारलाई चालु आर्थिक वर्षभित्रै परिचयपत्र प्रदान गर्ने तयारीस्वरुप गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डले पहिचानको अन्तिम तयारी गरेको हो ।

बोर्डका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार परिचयपत्र वितरण गर्ने योजनाअनुसार त्यसका लागि विभिन्न मापदण्डका आधारमा गरिएको स्थलगत अध्ययनको विवरण सङ्कलन गरी पहिचानको अन्तिम तयारी भइरहेको छ ।

परिचयपत्र वितरणका लागि छनोट भएका २५ जिल्लामा अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा र प्यूठान रहेका छन् ।

त्यस्तै अर्घाखाँची, कपिलवस्तु, तनहँ, बागलुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिरहा, खोटाङ र भोजपुरमा परिचयपत्र वितरण गरिने छ ।

गरिब घरपरिवार पहिचानका क्रममा परिवारको आम्दानी तथा खर्चलगायत विवरण सङ्कलन गरिएको जानकारी गराउँदै निर्देशक लामिछानेले व्यक्तिभन्दा पनि परिवारको अवस्थालाई आधार बनाएर विवरण सङ्कलन गरिएको बताउनुभयो ।

परिचयपत्र वितरणका लागि पहिचानपछि त्यसलाई जनस्तरमा गुनासो सङ्कलनका लागि पठाइने र अन्तिम रुप दिइने छ ।

बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले परिचयपत्र वितरणसँगै गरिब घरपरिवार भएकालाई राज्यबाट प्रदान गरिने सेवा तथा सुविधा वितरण प्रभावकारी हुने तथा राज्यबाट प्रदान गरिने सेवासुविधामा उनीहरुको सहज पहुँच कायम हुने बताए ।
रासस

सम्बन्धित समाचारः
गरीब भेटेन सरकारले

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>