Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ शुरु - Himalkhabar.com

थप समाचारबुधबार, माघ १४, २०७१

‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ शुरु

हिमालखबर

canसूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले बर्सेनि आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ १४ माघदेखि शुरु भएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुरु भएको क्यान इन्फोटेकको २१ औँ संस्करणको ‘सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल/इन्टेल बाई नियोटेरिक नेपाल’ नाम रहेको सम्मेलन १९ माघसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा मुख्य प्रदर्शनी हलभित्र ४९ र हल बाहिर तीनवटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन् भने ट्रसमा १४४, ओप स्पेस १४ र फुट कक्ष नौ गरी जम्मा २१९ वटा व्यवसायिक स्टल राखिएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सूचना प्रविधिको क्षेत्रमा आएको नयाँ क्रान्तिले एउटा क्लिकका भरमा आफूले चाहेअनुसारको विश्वको गतिविधि र सूचना लिन सकिने भन्दै सूचना प्रविधिको प्रवर्धनमा क्यानको भूमिका अझ व्यापक हुनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले संविधानसभाभित्र प्रश्नावली प्रस्ताव समिति गठन गरिए पनि त्यसले तुरुन्तै संविधान जारी गर्ने नभई प्रक्रिया अघि बढाउने मात्र भएकाले सहमतिको बाटो खुल्लै रहने र संविधानका अन्तरवस्तुलाई सहमति गर्न सकिने बताए ।

उनले बन्द र हड्तालजस्ता जनतालाई दुखः दिने काम छाडेर सहमतिमा संविधान निर्माणमा सहभागी हुन विपक्षीदललाई आग्रह गर्नुभयो ।

क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना र प्रविधिको क्षेत्रमा विश्वभर वर्षभर भएका नयाँ संस्करणलाई एकै थलोबाट सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिएका थिए ।

सम्मेलन अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १५० र विद्यार्थीलाई रु ७५ तोकिएको आयोजकले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>