खेलकुदबुधबार, माघ १४, २०७१

नेपालले आइसीसी वर्ल्ड लिग च्याम्पियनसिप खेल्ने पक्का

हिमालखबर

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको बैठकले नेपाललाई आइसीसी वर्ल्ड लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको छ ।
parasनेपालसँगै केन्याले पनि लिग खेल्न पाउने भएको छ ।

अफगानिस्तान र आयरल्याण्डले आइसीसी वर्ल्डकप खेल्न पाउने भएपछि उनीहरुको स्थानमा नेपाल र केन्या उक्लेका हुन् । र्‍याङिकङका आधारमा आयरल्यण्ड र अफगानिस्तान विश्वकप खेल्न पाउने निर्णय बोर्डले बुधबारमात्रै गरेको हो ।

गत साता नामिवियामा भएको आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा केन्या र नेपाल क्रमशः तेस्रो र चौथो भएका थिए ।

अब नेपाल  केन्या, हङकङ, नामिबिया, नेदरल्याण्ड्स, पपुवा न्युगिनी, स्कटल्याण्ड र युएईसँगै आगामी मे–जुनमा हुने प्रतियोगितामा सहभागी हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>