थप समाचारबिहीबार, माघ १५, २०७१
भारतमा नयाँ विदेश सचिव जयशंकर
भारत सरकारले विदेश सचिवमा सुब्रह्मण्यम जयशंकरलाई नियुक्त गरेको छ ।
यस अघि कांग्रेस गठबन्धनको सरकारका पालामा नियुक्त भएकी विदेश सचिव सुजाता सिंहलाई उनको कार्यकाल पुरा हुनु अघि नै हटाएर मोदी नेतृत्वको सरकारले जयशंकरलाई नियुक्त गरेकोे हो ।
परमाणु कुटनीति विषयमा पीएचडी गरेका जयशंकले सन् २००८ मा भारत र अमेरकाबीच भएको असैन्य परमाणु सम्झौतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अमेरिका, चीन र चेक गणराज्यमा भारतका राजदूत रहिसकेका जयशंकरको कार्यकाल दुई वर्षको हुनेछ । उनी भारत सरकारका निजामति कर्मचारीबाट यही ३१ जनवरीमा सेवानिवृत्त समेत हुँदैछन् ।
उनी भारतका चर्चित रणनीतिक विश्लेषक समिक्षक के सुब्रह्मण्यमका छोरा हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
