थप समाचारबिहीबार, माघ १५, २०७१

रु दुई करोडभन्दा बढीका सवारी कवाडी बन्दै

हिमालखबर

bhansarजिल्ला भन्सार कार्यालय महोत्तरीमा रु दुई करोडभन्दा बढी मूल्यका सवारी लिलाम नहुँदा कवाडी बन्दै गएका छन् ।

जिल्लाका सुरक्षा निकायले जिल्लाभित्र अवैधरुपमा फेला पारेका ठूलासाना करिब १२ दर्जनभन्दा बढी सवारीसाधन विगत दुई वर्षदेखि लिलाम हुन नसक्दा कवाडीमा परिणत हुने क्रममा छन् ।

महोत्तरी प्रहरीले भारत तथा नेपालका विभिन्न जिल्लाबाट अवैधरुपमा चोरी गरी भित्र्याइएका मोटरसाइकल तथा चारचक्के विभिन्न प्रकारका जिप र साइकललगायत रु दुई करोड १२ लाख २४ हजार ९०० मूल्य बराबरको गाडी लिलामी प्रक्रियामा जान नसक्दा भन्सारमै थन्किएको जनाएको छ ।

पक्राउ परेका गाडी अधिकांश नयाँ, अनटेस्ट तथा फर्जी नम्बर प्लेटका रहेका छन् भने सबै गाडी चालु अवस्थामा छन् । तर भन्सार कार्यालयले गाडीको लिलामी प्रक्रिया अगाडि नबढाउँदा चालु अवस्थामै रहेको सवारीसाधन बिग्रिने क्रम बढेको छ

यस सन्दर्भमा जिल्ला भन्सार कार्यालयले विभागमा कति पटक पत्राचार गरिसकेको र आदेश आउना साथ कानुनी प्रक्रिया पूरा गरी गाडी लिलाम गरिने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले आव ०६९/७० मा करिब रु ५४ लाख, आव ०७०/७१ मा करिब रु एक करोड ३२ लाख र चालु आवको अहिलेसम्म करिब रु २५ लाखको सवारीसाधन समातेर भन्सार कार्यालयमा बुझाएको तर ती सबै सवारी अहिलेसम्म लिलाम नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>