थप समाचारबिहीबार, माघ १५, २०७१

राहदानीबारे जानकारी एसएमएसबाटै

हिमालखबर

sms-message-textजिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीलाई एसएमएसबाटै राहदानी आए नआएको बारेमा जानकारी दिने भएको छ ।

सेवाग्राहीको सहजताका लागि उक्त प्रविधिको प्रयोग गर्न लागिएको प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले जानकारी दिए । अब आउने लटको राहदानी एसएमएसबाटै जानकारी दिने तयारी गरेको उनले बताए ।

तपाईंको राहदानी आयो अथवा तपाईंको राहदानी बन्न सकेन, कार्यालयमा सम्पर्क गर्नुहोलालगायत सन्देश एसएमएसबाटै सेवाग्राहीको मोबाइलमा जाने गर्दछ । उक्त सेवाका लागि आवश्यक उपकरण आइसकेको र प्रविधि जोड्ने कामसमेत अन्तिममा पुगेको प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा हरेक १५ दिनेको अन्तरालमा राहदानी आउने गरेको छ । मासिक करिब तीन हजार राहदानी बन्ने गरेको छ ।
सेवाग्राहीलाई न्युनतम ४५ दिनको म्याद दिएर राहदानी लिन आउन भनिएको हुन्छ । “अब त्यो पनि भन्नुपरेन,” उनले भने, “मोबाइल सन्देश कुरेर बसे हुन्छ ।”

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>