खेलकुदबिहीबार, माघ १५, २०७१

एसपिए कप २०१५, १६ माघदेखि

हिमालखबर

धनगढीमा १६ माघबाट आयोजना हुने देशकै सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपिए कप २०१५’ को तयारी पूरा भएको छ ।

प्रतियोगिताको आयोजनास्थल सेती अञ्चल प्रहरी कार्यालय धनगढीको मैदानलाई झकिझकाउ पारिएको छ । प्रतियोगिताका लागि सहभागी हुने टोलीका खेलाडी, प्राविधिक टोली धनगढी आउने क्रम शुरु भएको छ ।

देशभरिबाट विभिन्न १६ क्रिकेट टोलीको सहभागिता रहने सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)ले जनाएको छ ।
प्रतियोगितामा विजेता टोलीले एसपिए कपसहित रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउने संयोजक सुवास शाहीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>