रमझमबिहीबार, माघ १५, २०७१

नवाजुद्दीनको आफ्नै डायलग

हिमालखबर

badalpurबलिउड अभिनेता नवाज़ुद्दीन सिद्दीक़ीलाई फ़िल्म ‘बदलापुर’ को शुटिगका बेला कुनै डायलग दिइएको थिएन । सीन अनुसार जे मनमा आउँछ त्यही बोल्दै गए नवाज़ुद्दीन ।

फ़िल्मको प्रमोशनका बेला बदलापुरका निर्देशक श्रीराम राघवनले यो कुरा सार्वजनिक गरेका हुन् ।

शूटिंगका बेला नवाज़ुद्दीनलाई दिइएका संवाद उनले अपेक्षित रुपमा डेलिभरी गर्न सकेनन् । राघवनलाई संवाद र कलाकारबीच तालमेल नभएजस्तो लाग्यो । उनी भन्छन, “पहिलेदेखि तयार संवाद बोल्दा Untitled-1नवाज़ुद्दीनभित्रको कलाकार पूर्ण मुखरित हुन सकेको थिएन, जसका लागि उनी प्रसिद्ध छन् । त्यसपछ उनलाई डाइलग दिन छोड्यौं । हामी उनलाई सीनका बारे बुझाउँथ्यो र उनी आफ्नै मनले डाइलग बोल्थे ।”

आफ्नै मनले डायलग बोल्न थालेपछि फिल्मको क्यारेक्टरमा जुन क्रुरता चाहिएको थियो त्यो पूर्ण रुपमा नवाज़ुद्दीन निर्वाह गरेको राघवनले दावी गरे ।

८ फागुनमा रिलिज हुने ‘बदलापुर’ मा वरुण धवनको मुख्य भूमिका छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>