खेलकुदबिहीबार, माघ १५, २०७१
विश्वकप क्रिकेटः फेरि राखियो ‘सुपर ओभर’
विश्वकप क्रिकेटको फाइनल प्रतियोगिता बराबरीमा टुंगिएमा विजेताको फैसला ‘सुपर ओभर’ बाट हुने भएको छ ।
दुबईमा १५ माघमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को बैठकले सुपर ओभरको आधारमा प्रतियोगिताको फैसला गर्ने निर्णय गरेको हो । पछिल्लो विश्वकपमा सुपर ओभरको प्रावधान हटाइएको थियो ।
विश्वकप क्रिकेट १४ फेब्रुअरीदेखि२९ मार्चसम्म अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्तरुपमा आयोजना गर्दैछन् ।
के हो सुपर ओभर
विश्वकप फाइनलमा प्रतिस्पर्धी टोली बीच टाई भएमा सुपर ओभरको प्रयोग हुनेछ ।
सुपर ओभरका लागि प्रत्येक टोलीले आफ्ना तीन जना ब्याट्सम्यानको नाम दिनुपर्छ भने विपक्षी टोलीले एक ओभर (सुपर ओभर) का लागि एक जना बलर चयन गर्छन् ।
ओभर पूरा हुनुअघि पहिलो टोलीको दुई विकेट आउट भएमा उक्त टोलीले प्रतियोगिता हारेको घोषणा हुन्छ । यदि त्यसो भएन भने यो एक ओभरमा सबैभन्दा धेरै रन बनाउने टोली विजेता घोषित हुन्छ ।
यदि सुपर ओभरमा पनि टाई भयो भने सुपर ओभरमा धेरै छक्का हान्ने टोली वा पूरै प्रतियोगितामा सबैभन्दा बढी छक्का हान्ने टोली विजेता घोषित हुन्छ ।
त्यती गर्दा पनि फेरि टाइ भयो भने सबैभन्दा धेरै चौका हान्ने टोली विजेता हुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
