थप समाचारबिहीबार, माघ १५, २०७१
आक्रमणमा परेकी बालिकाको उपचारमा सहयोग गर्न आग्रह

जिल्लाअस्पताल धनकुटामा सुजाता परियार
अपरिचितको आक्रमणबाट गम्भीर घाईते भएकी धनकुटाको जितपुर–६ की ११ बर्षीया आर्थिक अभावमा अलपत्र परेकी छन् ।
१२ माघमा अपरिचितको आक्रमणबाट टाउकोमा चोट लागेर अचेत बनेकी सुजाता परियार आर्थिक अवस्था कमजोर हुँदा विराटनगरको न्यूरो अस्पतालबाट उपचार बिना नै घर फर्काइएकी हुन् ।
अस्पतालले उपचारका लागि रु ९ लाख लाग्ने बताएपछि उनलाई उपचार नगरी जिल्ला अस्पताल धनकुटा ल्याईएकोमा चन्दा संकलन गरेर १५ माघमा नोबेल मेडिकल कलेज विराटनगर लगिएको छ ।
“अहिलेसम्म १ लाख लागिसक्यो, बाँकी पैसा म एक्लीले कहाँबाट जुटाउनु,” बालिकाकी आमा चन्द्रकुमारी परियार भन्छिन् ।
पतिको पहिले नै मृत्यु भईसकेको र आफु एक्लीले गर्न नसक्ने बताउँदै चन्द्रकुमारीले भनिन्, “मेरो भएजति सबै सकियो, कसैको दया भए मेरी छोरीलाई बचाई दिन आग्रह गर्दछु ।”
चन्द्रकुमारी दाउरा लिन गएका बेला सुजातामाथि आक्रमण भएको थियो । हालसम्म कसले र किन आक्रमण गरेको भन्ने बारेमा केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सई दिनेश अधिकारीले बताए ।
सन्तोष रुचाल÷धनकुटा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
