थप समाचारबिहीबार, माघ १५, २०७१
तत्कालीन दागोपापका अध्यक्ष सुवास घिसिङको निधन
सञ्जय प्रधान, दार्जीलिङबाट
भारतको दार्जीलिङमा गोर्खा आन्दोलनको शुरुवातकर्ता सुवास घिसिङको १५ माघमा नयाँ दिल्लीमा निधन भएको छ ।
७९ वर्षीय घिसिङ घाँटीमा गम्भीर समस्या साथै छातीमा पनि समस्या देखिएपछि भारतको राजधानी नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना भएका थिए ।
सन् १९८० मा दार्जीलिङमा बेग्लै राज्यको माग गर्दै उठेको आन्दोलन गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक नेता सुवास घिसिङ दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप)का अध्यक्ष समेत भएका थिए ।
दार्जिलिङमा बस्ने नेपाली भाषीको हक अधिकार सुनिश्चित गर्न भन्दै दार्जीलिङलाई बेग्लै राज्यको माग राख्दै १९८६ देखि १९८८ मा भएको आन्दोलन त्यसबेला दागोपापको गठनसँगै सेलाएको थियो ।
घिसिङको पार्थिव शरीर भोली १६ माघमा दार्जीलिङ ल्याइने र त्यहीं उनको अन्त्येष्टि हुने घिसिङका आफन्तले जनाएका छन् ।
भारतीय सेनामा काम गरेका घिसिङका केही उपन्यास समेत प्रकाशित छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
