थप समाचारशुक्रबार, माघ १६, २०७१

आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु

हिमालखबर

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१० स्थित सुनथानमा गएराति भएको आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

आगलागीमा परी ३५ वर्षीय विनोद केसी, उनको श्रीमती ३२ वर्षीया भागीरथी र छोरा नौ वर्षीय सुशील केसीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिए।

आगलागीबाट जस्ताले छाएको पक्की घर पनि क्षतिग्रस्त भएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए  ।

सो घटनामा परी दुई वटा गाई र बाच्छासमेत मरेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>