Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शहीद दिवस - Himalkhabar.com

थप समाचारशुक्रबार, माघ १६, २०७१

शहीद दिवस

हिमालखबर

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर  शहीद दिवस मनाइँदै छ ।

SahidHaru11नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।

निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।

देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवशको रुपमा मनाइएको हो ।

विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

हासिल उपलब्धि संविधानमा संस्थागत गरौ: प्रम

प्रधानमन्त्री सुशील कोइरालाले आपसी सहकार्य, मेलमिलाप र एकताको भावनाले प्रेरित भएर शहीदको सपना साकार पार्ने अभियानमा हातेमालो गर्दै अघि बढ्न आह्वान गरेका छन् ।

शहीद दिवसका अवसरमा प्रधानमन्त्रीले शुभकामना सन्देश दिँदै नेपाली जनताले अहिलेसम्मका आन्दोलन र सङ्घर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने यस ऐतिहासिक घडीमा संविधानसभामा र बाहिर रहेका सबै राजनीतिक दलसमक्ष शहीदको बलिदानको पुनःस्मरण गरी अहिलेसम्म हासिल भएका उपलब्धिलाई संविधानमा संस्थागत गर्ने महान् अभियानलाई छिटो पूरा गरी जनतालाई सुखी र समृद्ध बनाउने कार्यमा इमान्दारीपूर्वक सहभागी हुन अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीले शहीद दिवसले देशको शान्ति, विकास र समुन्नत भविष्य निर्माणमा सबैलाई समर्पित हुने प्रेरणा देओस् भन्दै शहीदको सपना साकार पार्न समर्पित सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ–“शहीद दिवस २०७१ का अवसरमा देशको अस्तित्व रक्षा र जनताको हकहित, अधिकार र स्वतन्त्रताका निम्ति आफ्नो जीवन आहुति दिने महान् शहीदको बलिदानको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । ”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>