थप समाचारशुक्रबार, माघ १६, २०७१

घिसिङको निधनपछि मोहन गोरामुमोको अध्यक्ष

हिमालखबर

mohan ghisingभारतको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का अध्यक्ष सुवास घिसिङको निधनपछि पार्टीको अध्यक्षमा उनका छोरा मोहन घिसिङ चयन गरिएका छन् ।

भारतको पश्चिम बंगाल दार्जीलिङका ४० वर्षीय मोहन घिसिङलाई पार्टीको अध्यक्ष चुनिएको १६माघ दिँउसो २ बजे पश्चिमबंगालको बागडोगरा बिमानस्थलमा गरिएको संक्षिप्तपत्रकार सम्मेलनमा मोर्चाका महासचिब महेन्द्र क्षेत्रीले घोषणा गरेका हुन् ।

मोहन कुनै राजनीतिक पृष्ठभूमि भएका ब्यक्ति भने होइनन् ।

उपचारका क्रममा १५ माघमा नयाँ दिल्लीमा निधनभ एका सुवास घिसिंङको शव केही वेरमा बागडोरा विमानस्थलमा ल्याइएको छ ।
उनको शव आजै दार्जीलिङ पुर्‍याई १७ माघ दिँउसो ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ ।

१७ माघमै उनको मिरिक मञ्जुमा अन्त्येष्टी गरिने गोरामुमोले जनाएको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>