अर्थ/बजारशुक्रबार, माघ १६, २०७१

अर्घाखाँचीमा ९ करोड ८० लाखको सुन्तला

हिमालखबर

suntala 1अघिल्ला बर्षको तुलनामा यस बर्ष अर्घाखाँचीमा सुन्तला उत्पादनमा बृद्धि भएको छ ।

अर्घाखाँचीमा गत बर्ष रु. ७ करोड ५० लाखको सुन्तला उत्पादन भएकोमा यस वर्ष ९ करोड ८० लाखको उत्पादन भएको छ ।

जिल्लाको पणेना, खिदीम पोखराथोक , पटौटी, अर्घातोष, भगवती मरेङ, हंसपुर, खन र खनदह गाविस सुन्तला खेतीका लागि पकेट क्षेत्र मान्न्छिन । त्यसै गरि ढिकुरा खा“चीकोट, लगायतका गाविसमा पनि सुन्तला उत्पादन हुने गर्दछ ।

अघिल्लो बर्ष ४५ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो बर्ष ११ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जिल्लामा ९ करोड ८० लाख रुपैया बराबरको ५६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि बिकास कार्यलय अर्घाखाँचीका बरिष्ठ कृषि बिकास अधिकृत योगप्रसाद खरेलले बताए ।

यहा“ उत्पादित सुन्तला मध्ये २८ सय मेट्रिक टन बुटबल, पाल्पा, कपिलबस्तु, प्युठान, कपिलबस्तु लगायतका जिल्लामा निर्यात भएको छ भने २८ सय २९ मेट्रिक टन सुन्तला जिल्लामै खपत हुने गरेको छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>