खेलकुदशुक्रबार, माघ १६, २०७१

एसपीए कपः पेन्टागनद्वारा महेन्द्र नमूना पराजित

हिमालखबर

तस्वीर: दीर्घराज उपाध्याय

तस्वीर: दीर्घराज उपाध्याय

देश कै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप २०१५’ अन्तर्गत १६ माघमा भएको उद्घाटन खेलमा डिफेन्डिंग च्याम्पियन पेन्टागनले विजयी सुरुवात गरेको छ ।

स्टार खेलाडीहरुले भरिएको टीम पेण्टागनले आफ्नो पहिलो खेलमा डडेल्धुराको महेन्द्रनूुना उमावीलाई ५ विकेटले पराजित ग¥यो । विनोद भण्डारीले ३१ बलमा ५३ रन बनाएपछि पेण्टागनले सहजै जीत हात पारेको होे ।

टस जितेर पहिले ब्याटिंगको निर्णय गरेको महेन्द्र नमूनाका पछिल्ला क्रमका कुनैपनि ब्याट्सम्यान चल्न नसकेपछि उसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा सिमित भयो ।

महेन्द्र नमूनाको स्कोरमा ओपनर रोशन नेपाली एक्लैले ५ चौका र ३ छक्काको मद्दतमा ४४(२८) रन बनाए ।

पहिलो विकेटका रुपमा दिक्षान्सु नेगीलाई ५ रनमा गुमाएको महेन्द्रनमूनाका विक्रम थलालले २४ रन बनाएर खेल सम्हाल्ने प्रयास गरे पनि उनी पछिका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन । टीमका लािग दिपेश श्रेष्ठले १२, तथा दिलिप नाथले १० रन बनाए ।

पेण्टागनका लागि राहुल विश्वकर्माले ४, चन्द्र साउदले ३ तथा सागर पुनले २ विकेट लिए ।

पेण्टागनका ओपनर सागर पुनले २१ रन बनाए भने विनोद भण्डारीले ५ चौका र ४ छक्काको मदतले ५३ रन जोड्दा पेण्टागनको जीत सहज भयो । त्यस्तै नरेश बुढाऐरले ५ चौका सहित ३९ रन बनाएपछि पेण्टागनले १३.६ ओभरमा ५ विकेट बाकी रहदै जीत हात पार्‍यो ।

तस्वीर: दीर्घराज उपाध्याय

तस्वीर: दीर्घराज उपाध्याय

प्रतियोगितामा पेन्टागनका विनोद भण्डारी मेन अफ दी म्याच घोषित भए ।

१७ माघ विहान जेभिएर ईन्टरनेशनल काठमाण्डौ र सनराईज कलेज कञ्चनपुर तथा दिउँसो न्यु होराईजन बुटवल र कैलाली बहुमुखी क्याम्पस धनगढीबीच खेल हुनेछ ।

प्रतियोगितको उदघाटन सिंचाई मन्त्री एनपी साउदले गरेका थिए ।
दीर्घराज उपाध्याय, कैलाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>