Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रस्ताव समितिको पहिलो बैठक बस्दै - Himalkhabar.com

समाचारशनिबार, माघ १७, २०७१

प्रस्ताव समितिको पहिलो बैठक बस्दै

सञ्जीव शर्मा

संविधानका अन्तरवस्तुमा अहमतिका विषयमा प्रश्नावली तयार पार्ने प्रस्ताव निर्माण समितिको पहिलो बैठक १७ माघमा बस्दै छ ।

संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार पहिलो बैठकको अध्यक्षता समितिका सदस्यहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले गर्नेछन् । पहिलो बैठकले समितिको कार्यविधि तयार पार्नुका साथै समितिका काम कारबाही कसरी अघि बढाउने भन्ने सम्बन्धमा छलफल गर्नेछ ।

एमाओवादी र मधेशवादी दलका सभासद् सहभागी नभए पनि समितिले आफ्ना कार्य अघि बढाउन सक्ने सत्तापक्षका सभासद्ले बताएका छन् । समितिलाई एमाओवादी र मधेशवादी दलका सदस्य नभए पनि आफ्नो कार्यदेश अघि बढाउने वैधानिक अधिकार भएको काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक शुरु भएपछि पाँच दिनको कार्यावधि पाएको यस समितिले संविधान निर्माणका मुख्य विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीलगायतका विषयमा प्रश्नावली तयार पार्नेछ ।

११ माघमा एमाओवादी नेतृत्वको मोर्चाका सभासद्हरुको नाराबाजीका बावजुद सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली तय गर्नका लागि उक्त प्रस्ताव निर्माण समितिमा रहने ७३ मध्ये ४९ सदस्यको नाम पढेर सुनाएका थिए ।

सभाध्यक्षको प्रस्तावलाई संविधानसभाको बहुमतले स्वीकृत गरेको थियो ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रस्तुत गरेका असहमतिका बुँदाहरूलाई केन्द्रित गरेर समितिले प्रश्नावली बनाउनेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>