थप समाचारशुक्रबार, माघ १६, २०७१

पाकिस्तानः शिया मस्जिदमा विष्फोट, ४९ को मृत्यु

हिमालखबर

pakपाकिस्तान,सिन्धप्रान्तको शिकारपुरस्थित एक शिया मस्जिदमा बम विष्फोट हुँदा ४९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन् ।

विष्फोटको जिम्मेवारी तालिवानसँग सम्बन्धित जुनदुल्लाहले लिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१६ माघमा साँझको नमाजका बेला विष्फोट भएको पाकिस्तानी प्रहरीले जनाएको छ । अधिकांश घाइतेहरु गम्भीर भएकाले मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले आत्मघाती विष्फोट भएको उल्लेख गरेका छन् । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

पीटीभीका अनुसार प्रधानमन्त्री नवाज शरीफले घटनाको रिपोर्ट माग्दै आफू आतंकवादलाई जरैसँग फाल्न आफू प्रतिवद्ध भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>