थप समाचारशनिबार, माघ १७, २०७१
नेपाली रोप्छन्, भारतीय खान्छन्
पर्साको पिडारीगुठी क्षेत्रका स्थानीयले आफ्नै जग्गामा पनि खनजोत र उपभोग गर्न पाउँदैनन् ।
सीमावर्ती भारतीय क्षेत्र बङ्गाहा स्थानीयले नेपालीले लगाएको अन्नपातसमेत आफ्नो भूभागमा परेको भन्दै खोसेर लान थालेपछि स्थानीय मारमा परेका हुन् ।
सो स्थान भएर बहने ओरिया नदीमा राखिएको सीमा स्तम्भ जीर्ण भएका कारण र बाढीले बगाइदिएका कारण भारतीय पक्षले बलमिचाइ गरी लगाएको बालीसमेत कब्जा गर्ने गरेको स्थानीयले गुनासो गरे ।
सो स्थानमा दुईवटा पिलर ४२३ र ४२४ रहेकोमा ४२३ बाढीले बगाइदिएको र ४२४ पनि संरक्षणको अभावमा ढलेका कारण सीमा छुट्ट्याउन समस्या भएको स्थानीय श्याम महतोले बताए।
नेपाली भूमिमा रहेको ओरिया नदीबाट समेत भारतीय पक्षले खुलेयाम गिट्टी तथा बालुवा आफूको क्षेत्रमा रहेको भन्दै खुलेयाम लाने गरेको पनि उनकाे भनाइ छ । सीमामा देखिएको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकारीस्तरबाटै ठोस प्रयास आवश्यक रहेको जिल्लाको पिडारीगुठीसहित सीमा क्षेत्रका स्थानीयले माग गरेका छन् ।
सीमा सुरक्षा कार्यालय पर्साका अधिकारीले सो स्थानमा देखिएको समस्याबारे माथिल्लो निकायमा जानकारी गराइसकेको र छिट्टै कूटनीतिकरुपमा समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
