खेलकुदशनिबार, माघ १७, २०७१
जेभिएरलाई हराउँदै सनराईज क्वाटरफाइनलमा
दीर्घराज उपाध्याय, कैलाली
द होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगितामा सनराईज उच्च मावि कञ्चनपुर जेभिएर ईन्टरनेशनल कलेज काठमाण्डौलाई हराउँदै क्वाटर फाइनलमा प्रबेश गरेको छ ।
सनराईजका ओपनर व्याट्सम्यान सुनिल धमलाले ६८ बलमा १२७ रनको उत्कृष्ट पारी खेलेपछि १६७ रनको फराकिलो अन्तरले जेभिएरलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
टस हारेर ब्याटिङ्गको निम्तो पाएको सनराईजका अर्का ओपनर ब्याट्सम्यान अमित श्रेष्ठ १६.५ ओभरमा ८३ रन बनाएर आउट हुनु भन्दा अघि दुबै ब्याट्सम्यानले पहिलो विकेटका लागि २१५ रनको साझेदारी गरेका थिए ।
एसपीए कपमा सबैभन्दा कमजोर मानिएको जेभिएरको टीमलाई पराजित पार्न सुनिल धमालाले आफ्नो पारीमा १४ चौका र ६ छक्का प्रहार गरे भने अमित श्रेष्ठले ९ चौका र ४ छक्का प्रहार गरे ।
जेभिएका लागि अल्सन बस्नेत तथा अर्मत थापाले समान १ विकेट लिन बाहेक अरु सवै असफल रहे । जेभिएरको टीम १९.२ ओभरमा सवै विकेट गुमाएर ७८ रनमा मात्र सिमित भएका थिए ।
सनराईजका अविनाश कर्णले ४ र ललित भण्डारी तथा सुनिल भण्डारीले २ विकेट लिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
