थप समाचारआइतबार, माघ १८, २०७१
कागले आफ्नै नाम काढ्योः भट्टराई
एमाओवादी नेता बाबुराम भट्टराईले १० अर्ब दिए आन्दोलन रोकिन्छ भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति प्रतिवाद गरेका छन् । भट्टराईले १८ माघमा सामाजिक सञ्जाल फेसबुकमार्फत् ओलीको भनाइप्रति प्रतिवाद गरेका हुन् ।
उनले ओलीको भनाइलाई ‘कागले आफ्नै नाम आफैं काढेको’ भनेर कटाक्ष गरेका छन् । उनले ओलीप्रति व्यंग्य गर्दै लेखेका छन्, “कागले आफ्नो नाउँ आफैं काढेर सर्वसाधारणलार्य काग चिन्न बेलैमा मद्दत गरेकामा ओली महोदयलाई सबैले धन्यवाद दिनैपछ कि ?”
ओलीको भनाइ मौलिक आविष्कार नभएको पनि उनले टिप्पणी गरेका छन् । “संसारमा सबै कुरा पैसाले किन्न सकिन्छ भन्ने कुख्यात सिद्धान्त ओली महोदयको मौकिल आविष्कार नभएर दलाल तथा नोकरशाही पूँजीपति वर्गको पुरानै जानेमानेको सिद्धान्तको भद्दा सुगारटाइ मात्र हो,” फेसबुक पेजमा भट्टराईले लेखेका छन् ।