Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जापानी पत्रकारको हत्या गरिएको भिडियो सार्वजनिक - Himalkhabar.com

थप समाचारआइतबार, माघ १८, २०७१

जापानी पत्रकारको हत्या गरिएको भिडियो सार्वजनिक

हिमालखबर

इस्लामिक आतङ्कवादी समूह आर्इएसले अर्को जापानी नागरिक पत्रकार केन्जी गोतोको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । आईएसले भिडियो सार्वजनिक गरेपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले १८ माघमा हत्याप्रति कडा प्रतिक्रिया दिएका छन् ।

उनले इस्लामिक स्टेटविरुद्ध लगिरहेका देशलाई सहयोग बढाउने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिन्जो आबेले जापानले आतंकवादसँग हार नमान्ने पनि प्रतिक्रिया दिएका छन् ।

साता दिन अघि आईएसले जापानी नागरिक हरुना याकुनाको हत्या गरेको भिडियो सार्वजनिक गरेको थियो । आफूविरुद्ध लड्न सहयोग गरेकाले जापानी नागरिकको हत्या गरेको इस्लामिक स्टेटले बताउँदै आएको छ ।

आईएसले १७ माघमा सार्वजनिक गरेको भिडियो ६७ सेकेन्डको छ । भिडियोमा पत्रकार केन्जी गोतो जस्तै देखिने व्यक्ति सुन्तले रङ्को कपडामा भुइँमा घुँडा टेकेर उभिएको र सो व्यक्तिको पछाडि सर्वाङ्ग कालो लुगा र मुखमा नकाबसमेत लगाई हातमा छुरा लिएर चम्काइरहेको एक व्यक्तिलाई देखाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>