थप समाचारआइतबार, माघ १८, २०७१

मनाङ र मुस्ताङमा भारी हिमपात

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा भारी हिमपात भएको छ । १७ माघ रातिदेखि त्यहाँ लगातार हिउँ परिरहेको हो ।

अहिले डेढफिट बाक्लो हिउँ जमेको स्थानीयबासिन्दाले बताएका छन् । मनाङ र मुस्ताङका पाखापखेरा, डाँडाकाँडा, घरका छाना अहिले सेताम्मै छन् ।

हिउँसँगै अत्यधिक चिसो बढेकाले मानिसहरू घरभित्रै बाक्लो लुगा लगाई आगो तापेर बसेका छन् । चिसोले दैनिकी भने कष्टकर बनेको छ ।

मुस्ताङको जोमसोम विमानस्थलको धावनमार्गमा पनि हिउँ जमेकाले केही दिनसम्म विमान अवतरण हुन नसक्ने भएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>