खेलकुदआइतबार, माघ १८, २०७१

मेरील्याण्ड र होलिल्याण्ड क्वाटरफाईनलमा

हिमालखबर

दीर्घराज उपाध्याय, कैलाली

मेरील्याण्ड र होलिल्याण्ड क्वाटरफाईनलमाधनगढीमा जारी ‘द होटल डिभोटी एसपीए कप २०१५’ अन्तर्गत १८ माघमा भएको पहिलो खेलमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलालीलाई २२ रनले हराउँदै मेरील्याण्ड कलेज विराटनगर क्वाटरफाईनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको मेरील्याण्डले १९.२ ओभरमा अलआउट हुँदै १५९ रन बनायो ।

मेरील्याण्डका लागि सुभम चौहानले ५१ रन बनाए । विवेक झाले ३५ र हरिशंकर साहले २८ रन जोडे ।

दुगालक्ष्मीका लागि संजय पन्तले ४, संकटा प्रसादले ३, भुवन केसीले २ र विनोद लामाले १ विकेट हात पारे ।

१६० रनको लक्ष्य पछ्याएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस २० ओभरमा अलआउट हुँदै १३७ रनमा सिमित रह्यो । खेलमा राजबिर सिंहले व्यक्तिगत ५८ रन जोडे पनि टीमलाई हारबाट जोगाउन भने सकेनन् ।

कप्तान राजु रिजालले २०, ज्ञानेन्द्र कुँवर र मिलन धामीले समान १३/१३ रन जोडे पनि अरु ब्याटसम्यान जम्न नसक्दा दुर्गालक्ष्मी बहुमुखीले हार व्यहोर्यो ।

दुर्गालक्ष्मीलाई हराउने क्रममा कप्तान मंजित श्रेष्ठ र रामनरेश गिरीले समान २/२ विकेट लिए । यस्तै, अजय राजवंशी, सिभम चौहान र कुमार कार्तिकले १/१ विकेटको योगदान गरे ।

प्रतियोगितामा मेरील्याण्डका शुभम चौहान ‘म्यान अफ दी म्याच’ घोषित भए ।

१८ माघमै भएको दोस्रो खेलमा होलिल्याण्ड कलेज नेपालगञ्जले टीकापुर बहुमुखी क्याम्पस टीकापुरलाई हरायो । टस जितेर ब्याटिङ रोजेको होलिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।

१४९ रनको लक्ष्य सहित मैदानमा उत्रिएको टीकापुर १६ ओभरमा अलआउट हुँदै ८० रनमा समेटियो ।

प्रतियोगितामा होलिल्याण्डका हसन अख्तर ‘म्यान अफ दी म्याच’ भए ।

सुदूरपश्चिमाञ्चल एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले रु.५ लाख र उपविजेताले रु.२ लाख पुरस्कार पाउने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>