थप समाचारसोमबार, माघ १९, २०७१
बागलुङकी सुवर्णलाई रोटरी सर्भिस अवार्ड
रोटरी क्लब अफ बुटवलले वर्ष २०१४/१५ को रोटरी सर्भिस अवार्ड बागलुङकी सुवर्णकुमारी श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
देशभरबाट सिफारिसमा परेका विभिन्न व्यक्तिहरुको मूल्याङ्कन र अध्ययन गरी क्लबले श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।
ग्रामीण क्षेत्रको शैक्षिक विकास, साक्षरता र चेतना अभिवृद्धिमा उल्लेख्य योगदान पुर्याई त्यसमार्फत आर्थिक विकासमा योगदान दिएकी सुर्वणा श्रेष्ठलाई अवार्ड प्रदान गर्न लागिएको क्लबले जनाएको छ ।
४४ वर्ष निरन्तर शिक्षण पेसामा योगदान दिइरहेकी श्रेष्ठ बागलुङको विकट गाउँ नारायणस्थान बलेवाचौरस्थित गणेश माविबाट हालै सेवा निवृत्त भएकी छन् ।
करिब अढाई दशक शिक्षिकाका रुपमा र एक दशक प्रधानाध्यापकका रुपमा गरी साढे तीन दशक गणेश माविको शैक्षिक गुणस्तर सुधार गर्न खर्चेकी श्रेष्ठले उक्त विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन सफल भएकाले उनलाई उक्त पुरस्कार प्रदान गरिएको रोटरी क्लब बुटवलका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी गराए ।
बिहे गरेको दुई वर्षमै श्रीमान् गुमाएकी श्रेष्ठले त्यसयता आफ्नो सम्पूर्ण समय विद्यालयमै खर्चिंदै आएकी थिइन् । पुरस्कारको राशि रु दुई लाख एक हजार र सम्मानपत्र रहेको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
