थप समाचारसोमबार, माघ १९, २०७१

प्रधानमन्त्री कोइरालाद्वारा संविधान विज्ञहरुसँग छलफल

हिमालखबर

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संवैधानिक कानूनका विज्ञहरुसँग सल्लाह लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका प्रक्रियामा भएका संवैधानिक र कानूनी प्रावधानका बारेमा जिज्ञासा राखेका प्रजातन्त्रवादी कानून व्यवसायीको सङ्गठनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।

कानूनविज्ञहरुले जनताबाट निर्वाचित भएर आइसकेपछि कसैले पनि संविधानसभा छोड्न नमिल्ने धारणा राख्दै जनताको सार्वभौम अधिकार सम्पन्न संविधानसभाले गठन गरेको प्रश्नावली समिति संविधान निर्माण प्रक्रियाको शुरुवातमात्र भएकाले कसैले पनि आत्तिन नहुने बताएका थिए ।

दुई तिहाई बहुमतको निर्णयलाई कसैले घुर्क्याएर केही नहुने भन्दै संवैधानिक कानूनका विज्ञहरुले संविधानसभाले आफ्नो कार्य निरन्तर अघि बढाउनुपर्ने सल्लाह दिएका थिए ।

प्रधानमन्त्री कोइरालाले आफूले शान्ति प्रक्रियाको मुख्य हिस्सा रहेको विपक्षी दलहरु संविधानसभा बाहिर नजाओस् भनेर सहमति र वार्ताका लागि अथक प्रयास गरिरहेको जानकारी गराउँदै सहमतिका आधारमा नै संविधान निर्माण गर्न प्रयासमा रहेको बताए ।

छलफलमा कानूनविद्हरु डा विपिन कोइराला, डा भीमार्जुन आचार्य, शेरबहादुर केसी, गणेश भट्टलगायत उपस्थित थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>