समाचारशनिबार, कार्तिक ४, २०६९

दशैंका बेला ज्वाईं–जेठानको अपहरण

सञ्जीव शर्मा

इनर्वा–२ का २० वर्षीय दिनेश महतो र उनक बहिनीज्वाइँ सप्तरीको राजविराज घर भएका सुशील महतो अज्ञात समूहको अपहरणमा परेका हुन् । इनर्वा–२ स्थित घर नजिकै कुखुरा फार्ममा सुतेको अवस्थामा २ कार्तिक राति ११ बजे दुवैजनाको अपहरण भएको हो ।

अपहरित दिनेश महतो लहानस्थित जेएस बहुमुखी क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत छन् । लहानबाट दसैँ मनाउन घर गएकै दिन उनी अपहरणमा परेका हुन् ।

वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले अपहरित दुवैको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको बताएका छन् । उनले अपहरण भएको कुखुरा फार्म नजिकै खेतमा रगत देखिएको बताए ।

प्रहरी निरीक्षक खतिवडाले भने, “अपहरण हो कि हत्या छुट्याउनै गाह्रो भयो, तर रगत देखिए पनि लास नदेखिएकाले अपहरणमा परेको आशङ्का गरेका छौं ।” दसैँ मनाउन घर गएको आफन्त अपहरणमा परेपछि परिवारमा रुवाबासी चलेको छ ।

भारतीय ठाँडी बजार इनर्वासँगै जोडिएकाले अपहरण गरेर भारत लगिएको हुनसक्ने आशङ्का प्रहरीको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>