थप समाचारसोमबार, माघ १९, २०७१

माेर्चालाई वार्तामा अाउन पाैडेलकाे अाग्रह

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी र मधेसी मोर्चालाई वार्तामा आई संविधान निर्माणमा साथ दिन आग्रह गरेका छन् ।

एमाओवादी र मधेसवादीले संविधानसभा बहिष्कार गर्नु हतास मनस्थितिको उपज भएको उपसभापति पौडेलले बताए । उनले भने, “संविधान निर्माण गर्ने कार्यमा अब हामी प्रक्रियाबाट पछि हट्ने छैनौँ उहाँहरुलाई पनि साथै लैजान चाहन्छाैं ।”

विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुसार संविधान बनाउने तयारीमा रहेको उल्लेख गर्दै उनले विपक्षी वार्तामा आए कांग्रेस र एमालेले ल्याएका नौबुँदेमा पनि सुधार र परिमार्जन गरी लचकताका साथ प्रस्तुत हुने सोच आफूहरुले बनाइरहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>