Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो - Himalkhabar.com

अर्थ/बजारसोमबार, माघ १९, २०७१

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

हिमालखबर

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्योनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । १९ माघ रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले हिमालखबरसँग बताए ।

निगमले पेट्रोलमा साढे दुई रुपैंया र डिजेल तथा मट्टितेलमा साढे एक रुपैंया घटाएको छ । घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर रु.१०९ र डिजेल तथा मट्टितेलको रु.८६.५० पर्नेछ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैंया ५० पैसा र डिजेल तथा मट्टितेलको प्रतिलिटर ८८ रुपैंया थियो ।

इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको प्रवक्ता घिमिरेले बताए । आयल निगमले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

एलपी ग्याँसको घाटा घट्यो

आईओसीले पठाएको नयाँ मूल्य अनुसार एलपी ग्याँसको घाटा कम भएको छ । यसअघि प्रति सिलिन्डर रु.२११ घाटा खेप्दै आएको ग्याँसको घाटा घटेर रु.३८ मा पुगेको छ ।

घाटा कम भए पनि निगमले ग्याँसको मूल्य घटाएको छैन । अझै घाटा रहेकाले मूल्य नघटाइएको प्रवक्ता घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>