थप समाचारसोमबार, माघ १९, २०७१

घुस लिँदै गरेका एक प्रहरी पक्राउ

हिमालखबर

घुस लिँदै गरेका बाँकेका एक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियारले १९ माघमा बाँके बेतहनी–५ स्थित प्रहरी चौकीका इन्चार्ज सहायक निरीक्षक परविर बैगारलाई पक्राउ गरेको हो ।

कुखुरा व्यापारीसँग रु.८ हजार घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत अन्तर्गतको कोहलपुर टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारका निमित्त क्षेत्रीय प्रमुख जंगबहादुर डाँगीले बताए ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>