थप समाचारमंगलबार, माघ २०, २०७१

भारत लैजाँदै गरिएका १२ बालबालिकाको उद्धार

हिमालखबर

चितवनको भरतपुरबाट प्रहरीले भारत लैजाँदै गरेको अवस्थामा १२ बालबालिकाको उद्धार गरी आदर्शगृह पठाएको छ ।

तीन व्यक्तिले ती बालबालिकालाई भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको हो । यद्यपी बालबालिकासँगै रहेका तीन व्यक्ति बालबालिकाकै अभिभावक मध्येका भएको बताइएको छ ।

चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले केही बालबालिका अभिभावकसँगै भए पनि १२ जना बालबालिकालाई भारत लैजान लागेकोमा शंका लागि सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

पाँचदेखि १४ वर्षसम्मका ती बालबालिकाले यसअघि पनि काँकडभिट्टा नाकाबाट भारत जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिई फर्काइदिएको बताएका आदर्शगृहका सूचना संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

बालबालिकालाई काठमाडौँबाट काँकडभिट्टाहुँदै भारत लैजान लागिएकोमा मुख्य व्यक्तिले काँकडभिट्टाबाट लैजान नसकिने बताएपछि राति उनीहरुलाई भरतपुर ओरालिएको थाहा भएको प्रहरीको भनाई छ ।

बालकालिकालाई अहिले भरतपुरमा रहेको आदर्शगृहमा राखिएको छ भने बालबालिका लिएर आउने तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको अधिकारीले बताए ।

भरतपुरको केन्द्रीय बस टर्मिनलमा उनीहरुलाई देखेपछि सोधपुछ गर्दा शङ्का लागेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अहिले अनुसन्धान भइरहेकाले के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>