खेलकुदमंगलबार, माघ २०, २०७१

एसपीए कप क्रिकेट: पेन्टागन सेमिफाइनलमा

हिमालखबर

ब्याटिङ् गर्दै शरद भेषवाकर । तस्वीर: दीर्घराज उपाध्याय

ब्याटिङ् गर्दै शरद भेषवाकर । तस्वीर: दीर्घराज उपाध्याय

धनगढीमा जारी एसपीए कप क्रिकेटमा साविक विजेता पेन्टागन इन्टरनेशनल कलेज सेमिफाइनलमा प्रवेश गरेको छ ।

२० माघमा सेती अञ्चल प्रहरी मैदानमा भएको पहिलो क्वार्टरफाइनल खेलमा सनराइज उच्च माध्यमिक विद्यालय कञ्चनपुरलाई १६ रनले पराजित गर्दै पेन्टागनले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

टस हारेर ब्याटिङ्गका लागि निम्त्याइएको पेन्टागनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।

टिमका लागि राजेश पुलामीले ६ छक्का र ५ चौकाको मद्दतमा २८ बलमा सर्वाधिक ६८ रन बनाए । त्यस्तै बिनोद भण्डारी ३ छक्का र ४ चौकासहित ५८ रन (नटआउट) बनाए । सागर पुनले ३१ रन बनाए ।

सनराईजका अविनाश कर्ण, अखिल चौधरी, सु्निल धमला र दिनेश आग्रीले समान एक÷एक विकेट लिएका थिए ।

१९४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ्गमा उत्रेको सनराइजले निर्धारित २० ओभर खेल्दै पाँच विकेटको क्षतीमा एक सय ७७ रन मात्रै बनाउन सक्यो ।

अमित श्रेष्ठले ६१ बलमा सर्वाधिक ८५ रन (नटआउट) बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ७ छक्का र ६ चौका प्रहार गरेका थिए ।

सनराइजका हसिम अन्सारीले २१ रन बनाए भने अरु ब्याट्सम्यानहरु पेन्टागनका बलरसामु टिक्न सकेनन् । पेन्टागनका मेहवुव आलमले २ विकेट तथा निश्चल पाण्डेय र चन्द्र साउदले समान १/१ विकेट लिए ।

खेलमा २८ बलमै ६८ रन बनाएका राजेश पुलामी म्यान अफ द म्याच घोषित भए ।

एसपीए भर्सेस जगन्नाथ

आजै भएको पहिलो खेलमा सुदूरपश्चिमाञ्चल एकेडमी (एसपीए) ले बैतडीको जगन्नाथ कलेजलाई ४६ रनले हराउँदै क्वाटरफाईनलमा प्रबेश गरेको छ ।

टस जितेर पहिले व्याटिङ रोजेको एसपीएले निर्धारित १६ ओभरको खेलमा ४ विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको थियो । जसका लागि ओपनिङ्ग व्याट्सम्यान सुवास खकुरेलले ६८ रन बनाएका थिए भने सुवेन्दु पाण्डेय ३०, सरद भेषवाकरले २५ रन बनाएका थिए ।

जगन्नाथका किशोर वगेला, पहल ऐरी र वसन्त खत्रीले १/१ विकेट लिए ।

१५३ रनको विजयी लक्ष्यका साथ मैदान पसेको जगन्नाथ कलेज कमजोर प्रदर्शनका कारण १०६ रनमै सिमित भयो ।

जगन्नाथका लागि दिपेन्द्र चन्द २९, रविन्द्र चन्द १८ र सुरेन्द्र चन्दले १५ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक बनाउन नसक्दा हार व्यहोर्नु प¥यो ।

जगन्नाथलाई हराउने क्रममा एसपीएका शरद भेषवाकरले ३ ओभर फाल्दै २९ रन खर्चेर ४ विकेट लिन सफल रहे, उनी म्यान अफ दी म्याच समेत बने ।

त्यस्तै एसपीएका भुवन कार्कि, अलपेस रमजानी, दीपेन्द्र ऐरी, विक्रम ठगुन्नाले समान १÷१ विकेट लिएका थिए ।

खराव मौषमका कारण प्रतियोगिता १६ ओभरको मात्रै खेलाईएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।

दीर्घराज उपाध्याय, कैलाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...