थप समाचारबुधबार, माघ २१, २०७१

इस्लामिक स्टेटद्वारा अपहरित पाइलटको जिउँदै जलाएर हत्या

हिमालखबर

jordanआतंकवादी संगठन इस्लामिक स्टेटले अपहरित जोर्डनका पाइलटको जलाएर हत्या गरेको छ ।

आइएसले ट्वीटरमार्फत सार्वजनिक गरेको भिडियोमा जोर्डनका विमान चालक (पाइलट) मोएज अल कसासबेहलाई जिउँदै जलाएको देखाइएको छ ।

बीबीसीका अनुसार जोर्डनको सरकारी टेलिभिजनले पनि कसासबेहको हत्या भएको पुष्टि गरेको छ ।

भिडियो जारी गरिएको ट्वीटर अकाउन्ट यसअघि आइएसले आफ्ना गतिविधि सार्वजनिक गर्न प्रयोग गर्ने ट्वीटर अकाउन्ट हो । कसासबेह गत डिसेम्बर महिनामा सिरियाको रक्काबाट अपहरणमा परेका थिए ।

यसअघि जोर्डनले आफ्ना पाइलटलाई आइएसबाट अपहरणमुक्त गराउन हरसम्भव प्रयास गर्ने भन्दै आफ्नो नियन्त्रणमा रहेका इराकी कैदी (आइएस सदस्य) लाई समेत रिहा गर्ने जनाएको थियो ।

केही दिनअघि मात्रै आइएसले जापानी बन्धक केन्जी गोटोको टाउको काटेर हत्या गरेको भिडियो सार्वजनिक गरेको थियो ।

इराक र सिरियाका धेरै स्थानमा कब्जा जमाएको आतंकवादी संगठन आइएसले विश्वका अधिकांश मुस्लिम बहुल क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने घोषित लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>