थप समाचारबुधबार, माघ २१, २०७१
ताइवानमा विमान दुर्घटना, ८ को मृत्यु
ताइवानको राजधानी ताइपेइ नजिक ट्रान्सएशिया एयरवेजको विमान दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ । ताइपेइबाट ताइवानकै किनम्यान टापुका लागि उडेको ताइवानी कम्पनीको जहाज पुलमा ठोक्किएर दुर्घटना भएको ताइवानको केन्द्रीय न्यूज एजेन्सी (सीएनए) ले जनाएको छ ।
सीएनएका अनुसार २१ माघ बिहान जहाजमा ५८ यात्रु सवार थिए । दुर्घटनामा परेर घाइतेको अहिले उद्दार चलिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
