Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रत्नपार्क फागुनदेखि सर्वसाधारणका लागि खुल्ला गरिने - Himalkhabar.com

थप समाचारबुधबार, माघ २१, २०७१

रत्नपार्क फागुनदेखि सर्वसाधारणका लागि खुल्ला गरिने

हिमालखबर

सार्क शिखर सम्मेलन हुनु केही दिनअघिदेखि बन्द रहेको रत्नपार्क फागुन अन्तिम सातादेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।

पुनःसंरचना तथा मर्मत सम्भार गर्न भन्दै सर्वसाधारणका लागि निषेध गरिएको रत्नपार्क आउँदो फागुन अन्तिम सातादेखि खुल्ला गरिने काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्थान विभाग प्रमुख शान्ताराम पोखरेलले जानकारी दिए । महानगरपालिकाले शुरु गरेको सार्क लक्षित ‘हरियाली काठमाडौं’ अभियानअन्तर्गत रत्नपार्क र खुल्लामञ्चलगायतका खुल्ला ठाउँमा सरसफाइ तथा पुनःसंरचना गर्ने कामलाई निरन्तरता दिँदै आएको छ ।

वेरोजगारहरुको जमघट हुने ठाउँको रुपमा भन्दा पनि घुमफिरका लागि आउने बालबालिकाका लागि खुल्ला गरिने उनको भनाइ छ । रत्नपार्कलाई कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यविधि निर्देशिका बनाएर मात्र खुल्ला गरिने उनले बताए ।

त्यसैगरी, सार्क सम्मेलन शुरु हुने बेलामा पुनःसंरचना गरिएको राष्ट्रिय सभागृह पनि विभिन्न मन्त्रालयका प्रतिनिधि सहितको निर्देशक समिति बनाएर महानगरपालिकाले नै सञ्चालन गर्ने तयारी भइरहेको पोखरेलले जनकारी दिए ।

‘हरियाली काठमाडौँ’ अभियानअन्तर्गत महानगरपालिकाले गत साउन महिनादेखि गैरकानुनी रुपमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर शहरी सुन्दरता बिगार्ने, सानातिना किराना पसल, खाजा घर, सवारी साधन खरिद बिक्री गर्ने संस्था, शैक्षिक परामर्शदाता, अस्पताल तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने आयोजक र फलफूल तथा जुसका व्यापारीलाई कारबाहीसमेत गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>