Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एसपीए कप क्रिकेटः न्यू होराइजन र होलिल्याण्ड सेमिफाइनलमा - Himalkhabar.com

खेलकुदबुधबार, माघ २१, २०७१

एसपीए कप क्रिकेटः न्यू होराइजन र होलिल्याण्ड सेमिफाइनलमा

हिमालखबर

तस्वीर: दीर्घराज उपाध्याय

तस्वीर: दीर्घराज उपाध्याय

धनगढीमा जारी सर्वाधिक पुरस्कार राशीको द होटल डिभोटी एसपीए कप क्रिकेटमा न्यू होराइजन कलेज बुटवल र होलिल्याण्ड कलेज नेपालगञ्ज अन्तिम चारमा प्रवेश गरेका छन् ।

सेती अञ्चल प्रहरी मैदानमा २१ माघमा भएको खेलमा मेरिल्याण्डलाई ७ विकेटले हराउँदै न्यू होराइजन कलेज सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै, होलिल्याण्ड कलेज नेपालगञ्जले पनि गोल्डेन गेट कलेज काठमाण्डौलाई ७ विकेटले नै पराजित गरी सेमिफाइनलको यात्रा पक्का गरेको छ ।

आज भएको पहिलो क्वार्टरफाइनल खेलमा टस जितेर ब्याटिङ्ग गरेको मेरिल्याण्ड कलेजको प्रदर्शन खराब रह्यो । १६.१ ओभरसम्म क्रिजमा टिकेका उसका खेलाडीहरुले ७६ रन मात्रै बनाउन सके । सिद्धान्त लोहनीले २६ र सुरज पटेलले २४ रन बनाए भने अरु खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

मेरिल्याण्डलाई सस्तैमा सिमित गर्ने क्रममा न्यू होराइजनका सौरभ खनालले २४ रनमात्रै खर्चेर सर्वाधिक तीन विकेट झारे । उनी म्यान अफ द म्याच घोषित भए । त्यस्तै राहुल प्रजापतिले दुई विकेट लिए ।

सामान्य लक्ष्य पछ्याउन जवाफी ब्याटिङ्गमा उत्रेको न्यू होराइजनले ९.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा सजिलै लक्ष्य भेट्टायोे । मेरिल्याण्डमाथि जित दर्ता गर्ने क्रममा न्यू होराइजनका निर्मल थापा २२ रनमा अविजित रहे । त्यस्तै, सोमपाल कामीले १६ र सन्दिप सुनारले १४ रन बनाए ।

बलिङ्ग गर्दै मेरिल्याण्डका कुमार कार्तिकेले दुई र रामनरेश गिरीले एक विकेट लिएका थिए ।

त्यस्तै आजै भएको क्वार्टरफाइनलको अर्को खेलमा होलिल्याण्ड कलेज नेपालगञ्जले अनुपम सिंहको अर्धशतकको सहयोगमा गोल्डेन गेट कलेजमाथि सजिलै जित दर्ता गरेको छ । विपक्षी टिमद्वारा प्रस्तुत ११० रनको लक्ष्य होलिल्याण्डले १८ ओभर खेल्दै ३ विकेटको नोक्सानीमा सजिलै पुरा गर्‍यो ।

cricket1

तस्वीर: दीर्घराज उपाध्याय

होलिल्याण्डको जितमा ६१ रन बनाएर नटआउट रहेका अनुपम सिंह म्यान अफ द म्याच समेत घोषित भए । सिंहले १० चौका प्रहार गरेका थिए । अर्का ब्याट्सम्यान प्रज्वल्ल शाहीले ३५ रनको योगदान गरे ।

टस हारेर फिल्डिङ्गका लागि निम्त्याइएका होलिल्याण्डका बलरहरुले गोल्डेन गेटलाई निकै दबाबमा राखेका थिए । निर्धारित २० ओभर खेलेको गोल्डेन गेटले नौ विकेटको पतनमा एक सय नौ रन बनाएको थियो । उसका फैजलुर रहमानले २३ र राहुल सिंहले १९ रन बनाउन बाहेक अरु ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् ।

होलिल्याण्डका अविनाश बोहरा र सिद्धान्त शाहीले समान दुई÷दुई विकेट लिएका थिए । त्यस्तै, होलिल्याण्डलाई दबावमा पार्ने प्रयास गरेका गोल्डेन गेटका कप्तान पृथु बास्कोटा, आरिफ शेख र रुपेश श्रीवास्तवले समान एक÷एक विकेट झारेका थिए ।

प्रतियोगिताका विजेता टिमले पाँच लाख नगद सहित ट्रफी र उपविजेताले दुई लाख रुपियाँ पाउने छन् ।
दीर्घराज उपाध्याय, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>