Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हरेक वर्ष देशमा ५८ हजार क्यान्सर रोगी थपिँदै - Himalkhabar.com

थप समाचारबुधबार, माघ २१, २०७१

हरेक वर्ष देशमा ५८ हजार क्यान्सर रोगी थपिँदै

हिमालखबर

cancerअव्यवस्थित जीवनशैली, प्रदूषित वातावरण र तनावका कारण नेपालमा हरेक वर्ष ५८ हजार क्यान्सर रोगी थपिने गरेका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरले आयोजना गरेको कार्यक्रममा सेन्टरका प्रमुख प्रो श्यामकृष्ण जोशीले अव्यवस्थित जीवनशैली, तनाव र सुर्तीजन्य वस्तुको प्रयोगका कारण फोक्सोको क्यान्सरका रोगी बढ्दै गएको जानकारी दिए ।

उनका अनुसार नेपालमा अन्य क्यान्सर रोगीको तुलनामा हरेक वर्ष १८ हजारदेखि २० हजार फोक्सोको क्यान्सर रोगी र ५८ हजार विभिन्न प्रकारका नयाँ क्यान्सर रोगी थपिने गरेका छन् ।

उक्त अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख केदारराज पराजुलीले तौल घट्दै गए, खानामा रुचि नभए, नियमित टाउको दुखे तुरन्तै चिकित्सकको सल्लाह लिन आग्रह गरे ।

सहभागी क्यान्सर रोगीहरुले निश्चित स्थानमा मात्र यस रोगको उपचार गर्ने अस्पताल भएकाले धेरै बिरामीले अकालमा ज्यान गुमाउनु परेको गुनासो गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>