थप समाचारबिहीबार, माघ २२, २०७१

तीन सय वर्ष पुरानो बुद्धमूर्ती चोरीमा संलग्न ७ पक्राउ

हिमालखबर

केशव राना, बाँके

बाँकेमा तीन सय वर्ष पुरानो बुद्धमूर्ती सहित चोरीमा सलंग्न सात जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले २२ माघ बिहान करिब १ बजे बाँकेको कचनापुर–२ अगैयास्थित एक कटेजबाट मूर्ती सहित सात जना पक्राउ परेका हुन् ।

तीन सय वर्ष पुरानो बुद्धमूर्ती सहित पक्राउ परेकालाई सार्वजनिक गरिदैं । तस्वीरः केशव राना

तीन सय वर्ष पुरानो बुद्धमूर्ती सहित पक्राउ परेकालाई सार्वजनिक गरिदैं । तस्वीरः केशव राना

पक्राउ पर्नेमा सितापुर एलगाउँका नवराज योगी, ओखलढुंंगा–७ का जितप्रसाद चौरेल, बारा निजगढ–६ की लक्ष्मी भण्डारी चौलागाई, सितापुर–५, बाँकेकी पदमा चौधरी, सग्ला–२ जाजरकोटका शिव सिंह, कोटमौला–३ सल्यानका क्षेत्रबहादुर बिसी र मैला–४ हुम्लाका विकास शाही छन् ।

साता दिन अघि अगैयास्थित राप्ती रिभरसाइड कटेजमा बसेका उनीहरुको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले सोधपुछको क्रममा चोरीको आशंका गरेको थियो । सोधपुछका क्रममा बैजापुर–२ स्थित एक स्थानीयको गोठमा मूर्ती लुकाएको पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले चोरी गरेको अष्टधातूको बुद्धमूर्ती तीन सय पुरानो रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>