थप समाचारबिहीबार, माघ २२, २०७१

सहमतिको ढोका बन्द भएको छैनः उपप्रधानमन्त्री सिंह

हिमालखबर

Prakash-Manउपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतिका आधारमा संविधान जारी हुने बताएका छन् । २२ माघमा आयोजित सिद्धकाली, इन्द्रायणी, दक्षिणकाली र मनकामना भगवती मन्दिरको गजुर अनावरण कार्यक्रममा उनले प्रस्ताव निर्माण समितिमा पनि सहमति जुटाउन सकिने बताए ।

सहमतिकै आधारमा संविधान जारी हुने उनले विश्वास व्यक्त गरे । सङ्घीय मामिला तथा स्थानीय विकासन्त्री सिंहले भने, “अघिल्लो संविधानसभाले संविधान दिन नसकेको तीतो अनुभव नेपाली जनता र नेपाली राजनीतिमा भएकाले वर्तमान संविधानसभाले कुनै पनि हालतमा लोकतान्त्रिक संविधान दिने छ ।”

उनले प्रक्रियामा जाँदा पनि सहमतिको ढोका बन्द नभएको बताए । एमाओवादी लगायत बिरोधमा उत्रिएका दललाई सहमतिमा आएर संविधान लेखनमा लाग्न उनको आग्रह छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>