थप समाचारबिहीबार, माघ २२, २०७१

१७ जनालाई सचिवमा बढुवा (सूचीसहित)

हिमालखबर

 

सरकारले १७ जना उच्चपदस्थ कर्मचारीलाई विशिष्ट श्रेणी सचिवमा बढुवा गरी पदस्थापन गरेको छ ।

सिंहदरबारमा २२ माघमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव सुरेशप्रकाश आचार्य, शरदराज विष्ट, गजेन्द्रकुमार ठाकुर, लक्ष्मणप्रसाद मैनाली, रामकुमार आचार्य, राजन खनाल, नवराज भण्डारी र श्रीधर सापकोटालाई विशिष्ट श्रेणीमा बढुवा गरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको छ ।

त्यस्तै विजयकुमार मल्लिकलाई मध्यपश्चिमाञ्चल र दिनेशकुमार थपलियालाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, ईश्वरीप्रसाद पौडेललाई जल तथा ऊर्जा आयोग, रमेशकुमार शर्मालाई राष्ट्रिय सतर्कता केन्द्र, टङ्कमणि शर्मालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खुमराज पुञ्जालीलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिवमा बढुवा गरी पदस्थापन गरेको छ ।

सरकारले लेखापरीक्षण सेवाबाट ईश्वरराज श्रेष्ठलाई सचिवमा बढुवा गरी महालेखा परीक्षकको कार्यालय तथा सुनिलबहादुर मल्ललाई बढुवा गरी सूचना तथा सञ्चार मन्त्रालयमै पदस्थापन गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिए ।

बढुवा समितिले २७ पुसमा ४२ जना सहसचिवको नाम सिफारिश गरेको थियो ।

* सच्चाइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>