थप समाचारबिहीबार, माघ २२, २०७१

राप्रपा नेपालको नाराबाजीबीच प्रस्ताव निर्माण समितिको म्याद थप

हिमालखबर

BICCराप्रपा नेपालको रोष्टम घेराउ र नाराबाजी बीच संविधानसभाको २२ माघको बैठकले प्रस्ताव निर्माण समितिको म्याद पाँच दिन थप गरेको छ ।

एमाओवादी, मधेशकेन्द्रित दलहरुको अनुपस्थिति र राप्रपा नेपालको नाराबाजी बीच समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले राखेको  समितिको म्याद पाँच दिनका लागि थप गर्ने प्रस्ताव संविधानसभाले ध्वनी मतका आधारमा पारित गरेको हो ।

यसअघि समितिको म्याद २२ माघसम्म तोकिएको थियो ।

राप्रपा नेपालका अध्यक्ष एवम् सभासद कमल थापाले प्रस्ताव निर्माण समितिले बनाउने प्रश्नावलीमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतासम्बन्धी  प्रश्न संलग्न नगराइने समितिको निर्णयमा आपत्ति जनाएका थिए ।

सभाध्यक्ष सुवास नेम्वाङले समितिको प्रतिवेदन संविधानसभामा प्रस्तुत गरेपछि मात्रै राप्रपा नेपालको मागबारे छलफल हुने बताएपछि अध्यक्ष थापा लगायत राप्रपा नेपालका सभासदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरे ।

त्यसैबीच गुरुङले राखेको प्रस्ताव संविधानसभाबाट पारित भएको हो ।

संविधानसभाको अर्को बैठक २९ माघ दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>