रमझमबिहीबार, माघ २२, २०७१

लेखियो ‘नेपाली सङ्गीतको अभिलेख’

हिमालखबर

नेपाली संगीत क्षेत्रको बृहत जानकारी समेटिएको ‘नेपाली सङ्गीतको अभिलेख’ विमोचन भएको छ । बुलु मुकारुङद्वारा लिखित पुस्तकको २२ माघमा विमोचन भएको हो ।

पाल्पा बुक्सले प्रकाशन गरेको पुस्तकमा नेपाली गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्‍याएका अहिलेसम्मका स्रष्टाको संक्षिप्त विवरण समेटिएको छ ।

८४८ पृष्ठको पुस्तकमा विगतदेखि अहिलेसम्मका गायक–गायिका, संगीतकार, गीतकार, वाद्यवादक, शास्त्रीय संगीत, लय संकलक लगायतको जानकारी छ ।

पुस्तकमा केही अग्रज संगीतकर्मीका श्यामश्वेत तस्वीर पनि राखिएको छ । कार्यक्रममा लेखक मुकारुङले नेपाली गीत–संगीतको इतिहास संरक्षणका लागि पहल गरेको बताए ।

‘नेपाली सङ्गीतको अभिलेख’ को पुस्तकबाट

‘नेपाली सङ्गीतको अभिलेख’ को पुस्तकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>