खेलकुदबिहीबार, माघ २२, २०७१
सनसाईनलाई सफलता, आयोजक एसपीए स्तब्ध

तस्वीर: दीर्घराज उपाध्याय
धनगढीमा जारी एसपीए कप क्रिकेट अन्तर्गत २२ माघमा भएको क्वाटरफाइनलको अन्तिम खेलमा आयोजक एसपीएलाई ७ बिकेटले हराउँदै भैरहवाको सनसाइनले सेमीफाइनलको यात्रा पक्का गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको एसपीएका ओपनर सुवास खकुरेलले ४८ बलमा ७ चौका र ५ छक्काको मद्दतले ७७ रन बनाए । शरद भेषवाकर ४७, प्रदीप ऐरी २६ र कप्तान भुवन कार्कीको २९ रनको योगदानमा एसपीएले २० ओभरमा ६ विकेट गुमाउँदै २३९ रन बनाएको थियो ।
चुनौतिपूर्ण २४० रनको विजयी लक्ष्य लिएर मैदान छिरेको सनसाइनले १९.१ ओभरमै लक्ष्य पार ग¥यो ।
म्यान अफ द म्याच समेत भएका विदेशी खेलाडी मयंक यादवले ३३ बलमा ७७ रन बनाए । त्यस्तै सुवोध श्रीवास्तवले ४२ बलमा ८७ रन बनाउँदै जीतलाई सुनिश्चित गरे ।

तस्वीर: दीर्घराज उपाध्याय
टिमका लागि निश्चल चौधरीले ३२ तथा सुबिन शाक्यले नटआउट १८ रन बनाएका थिए ।
जीतपछि कप्तान अन्तिम थापाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीले भरिएको एसपीएलाई विट गर्न सकेकोमा खुशी व्यक्त गरे ।
२३ माघमा विहान पेन्टागन विरुद्ध न्यु होराईजन तथा दिउँसो होलील्याण्ड नेपालगञ्ज र सनसाईन भैरहवा विच सेमीफाईनका खेलहरु हुनेछन ।
दीर्घराज उपाध्याय, कैलाली
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
