खेलकुदबिहीबार, माघ २२, २०७१

राष्ट्रिय क्रिकेट टीमलाई टेलिकमको प्रायोजन

हिमालखबर

राष्ट्रिय क्रिकेट टीमलाई टेलिकमको प्रायोजननेपाली राष्ट्रिय क्रिकेट टीमलाई नेपाल टेलिकमले प्रायोजन गर्ने भएको छ । टेलिकमले ११औं वार्षिकोत्सवको अवसरमा २२ माघमा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई प्रायोजन गर्ने घोषणा गरेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रायोजन गर्नका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उक्त प्रायोजन तीन वर्षका लागि हुने प्रबन्ध निर्देशक आचार्यको भनाइ छ । टेलिकमले प्रायोजन रकमबारे खुलाएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...