थप समाचारबिहीबार, माघ २२, २०७१
मोर्चाले हैसियत विर्सन हुँदैन: नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी मोर्चाले आफ्नो हैसियतलाई ध्यानमा राखेर सहमतिका लागि तयार हुनु पर्ने बताएका छन् ।
युनिभर्सल पिस फेडरेसनको आयोजनामा फिलिपिन्सको राजधानी मनिलामा आयोजित ‘एसियन समिट २०१५’मा भाग लिई २२ माघमा स्वदेश फर्केका नेपालले पत्रकारसँग कुरा गर्दै संविधान निर्माणका क्रममा दलबीचमा देखिएका विवाद कम गरी संवादको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, “एमाओवादी मोर्चाले पनि धेरै दम्भ नगरी आफ्नो हैसियतलाई ध्यानमा राखेर सहमतिका लागि तयार हुनपर्छ ।”
उनले आपसी बाझाबाझ गरेर मुखको स्वाद लिने कामभन्दा दलहरुबीच सार्थक वार्ता हुनुपर्ने बताए ।
१६ माघमा मनिलातर्फ लागेका नेता नेपालले युनिभर्सल पिस फेडरेसनले प्रदान गर्ने ‘लिडरसीप एण्ड गुड गभर्नेन्स अवार्ड’ समेत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
