थप समाचारशुक्रबार, माघ २३, २०७१

राष्ट्रपतिद्वारा दाहाललाई सहमतिका लागि आग्रह

हिमालखबर

rastrapatiसंविधान निर्माणमा दलहरुबीच देखिएको विवाद समाधानका लागि पहल गरिरहेका राष्ट्रपति रामवरण यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शीतल निवास बोलाई छलफल गरेका छन् ।

यसअघि सत्तारुढ दलका नेताहरुसँग छलफल गरेका राष्ट्रपतिले वार्ता र सम्वादबाटै समस्याको समाधान निस्कने भन्दै सहमतिका लागि प्रयत्न गर्न दाहाललाई आग्रह गरे ।

आन्दोलनरत मोर्चाका संयोजकसमेत रहेका दाहालले आन्दोलनमा जानु आफ्नो बाध्यता रहेको बताए ।

उनले सत्तारुढ दलहरु दुईतीहाईको दम्भमा एकलौटी ढंगले चलेको बताउँदै उनीहरुले सहमतिका लागि ठोस पहलसमेत नगरेको उल्लेख गरे ।

यसैबीच विपक्षीलाई वर्तामा ल्याउने विषयमा सत्तासिन दलहरुको बैठक आज २३ माघमा बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रपतिसँग भएको सम्वाद, विपक्षी मोर्चाले राखिरहेका मागका विषयमा छलफल गरि साझा धारणा तय गर्ने र मोर्चालाई वार्तामा ल्याउने विषयमा दलहरुबीच साझा धारणा बनाउने कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>