थप समाचारशुक्रबार, माघ २३, २०७१

४ महीनाभित्र संविधानः मन्त्री गौतम

हिमालखबर

४ महीनाभित्र संविधानः मन्त्री गौतमउपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अबको चार महीनाभित्र कुनै पनि हालतमा संविधान जारी हुने बताएका छन् । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले राजधानीमा आयोजना गरेको दुई दिने दोस्रो साकोस शिखर गोष्ठीको २३ माघमा उद्घाटन गर्दै उनले सबै जनताले अपनत्व महशुस गर्ने संघीय लोकतान्त्रिक संविधान जारी हुने बताए ।

उनले संविधान निमार्ण प्रक्रिया अघि बढिसकेकोले अब संविधान जारी हुने विश्वास व्यक्त गरे । उनले भने, “संविधान जारी गरेर देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउनुपर्छ ।”

देशको अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले आर्थिक र सामाजिक परिवर्तनसँगै उत्पादनमा जोड दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>