खेलकुदशुक्रबार, माघ २३, २०७१

न्यु होराइजन र सनसाइन फाइनलमा

हिमालखबर

तस्वीरः दीर्घराज उपाध्याय

तस्वीरः दीर्घराज उपाध्याय

कैलालीको धनगढीमा जारी एसपीए कप क्रिकेट प्रतियोगितामा न्यु होराइजन कलेज बुटवल फाइनलमा पुगेको छ । साविक विजेता पेन्टागन कलेज काठमाडौंलाई २३ माघमा ४४ रनले पराजित गदै न्यु होराइजन फाइनलमा पुगेको हो ।

बलरहरु चम्केपछि न्यु होराइजनले पेन्टागनमाथि सजिलै जीतत दर्ता गर्‍यो । यसअघिको दुई संस्करणको उपाधि पेन्टागनले जितेको थियो ।

यस्तै, होलिल्याण्ड कलेज नेपालगञ्जलाई ७४ रनले पराजित गर्दै सनसाइन कलेज भैरहवा पनि फाइनलमा पुगेको छ । २३ माघमा भएको पहिलो सेमिफाइनल खेलमा सनसाइनले होलिल्याण्डलाई हराएको हो ।

प्रतियोगिताको फाइनल २४ माघमा हुनेछ । प्रतियोगिताको विजेताले रु.५ लाख र उपविजेताले रु.२ लाख पाउने आयोजकले जनाएको छ ।

दीर्घराज उपाध्याय, कैलाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...