थप समाचारशनिबार, माघ २४, २०७१
ग्यास अभावका कारण दाउराको मूल्य आकासियो
बजारमा खाना पकाउने ग्यासको अभावसँगै म्याग्दीको सदरमुकाम बेनीमा दाउराको खपत बढेको छ ।
दाउराको प्रयोग गर्ने उपभोक्ताको वृद्धिसँगै दाउराको मूल्य पनि एकाएक आकासिएको छ ।
सदरमुकाम बेनी बजारका साथै गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङ बजारमा बसोवास गर्दै आएका अधिकांश उपभोक्ताले ग्यासको अभाव हुनुका साथै चिसोबाट जोगिन दाउरा प्रयोग गर्न थालेपछि दाउराको मूल्य एकाएक बढेको हो ।
पुस लागेसँगै जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको र माघको दोस्रो सातासम्म पनि चिसो बढ्दै गएपछि दाउराको माग बढेको दाउरा बिक्री गर्नेको भनाइ रहेको छ । सदरमुकाम बेनी बजारमा एक महिनाअघिसम्म रु १५० देखि २०० मा पाइने एकभारी दाउराको मूल्य अहिले रु ३०० देखि रु ३५० सम्म पुगेको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
