थप समाचारशनिबार, माघ २४, २०७१

प्रक्रिया रोके वार्ता हुन्छ: भट्टराई

हिमालखबर

एमाओवादीका नेता बाबुराम भट्टराईले संविधान निर्मणका लागि संविधानसभाले अगाडि बढाएको प्रक्रिया रोके सत्तारुढ दलहरुसँग वार्ता गर्न सकिने बताएका छन् ।

२४ माघ बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानसभाले प्रश्नावली समिति बनाएर मतदानको प्रक्रिया अगाडि बढाएकाले वार्तामा बस्नुको औचित्य नभएको पनि बताए ।

यद्यपि कांग्रेस एमालले एमाओवादीसहितको मोर्चा वार्तामा आए प्रक्रिया रोकिने जनाईसकेका छन् ।
कांग्रेस एमालले आफूहरुलाई एक्ल्याएर जबर्जस्ती बहुमतीय पद्धतिमा संविधान ल्याउन खोजेको उनले आरोप लगाए ।

संविधानसभाको अजेन्डा माओवादीको भए पनि अहिले कांग्रेस-एमालेले संविधानसभालाई हतियार बनाई आफूहरुमाथि प्रहार गर्न खोजेकाले त्यहाँबाट भाग्न बाध्य भएको उनको भनाइ थियो ।

उनले राजनीतिक जटिलता अन्त्यका लागि जनमत बुझ्न र आफ्ना कुरा बुझाउनका लागि पार्टीले आफूलाई पश्चिममा पठाएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>